प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
सिलिचोङ गाउँपालिका–१ होयङ्लामा असार १६ गते बिहान प्रहरीसँग भएको गोली हानाहानपछि प्रहरीले प्रतिबन्धित नेकपाका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता चिसङ्खुगढी गाउँपालिका–७ निवासी निमदोर्जी तामाङलाईलाई असार १९ गते एसएलआर राइफलसहित गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
गिरफ्तारमा परेका तामाङको सूचनाको आधारमा प्रहरीले सिलिचोङ गाउँपालिका होयाङ्ला मयङ्दस्थित ढुङ्गाको ओढारमा लुकाएको अवस्थामा एक राउण्ड गोली च्याम्बर लोड भएको एसएलआर राइफल बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
उक्त राइफलसँगै १० राउण्ड गोली लोड भएको म्यागजिन एउटा, एलएमजी राइफलमा लाग्ने म्यागजिन सहित २० राउण्ड गोली, झोलामा राखिएको एसएलआर राइफलको गोली ५४ थान र विष्फोटन गराउन प्रयोग गरिने रातो रङ्को ३४ फिट लामो डेडकर्ड पनि बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका इन्स्पेक्टर रामेश्वर पण्डितले बताए ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…