प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७६ फागुन १९ गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जिल्ला सदस्य मालिका गाउँपालिका–१ निस्कोटका २७ वर्षीय पतन बहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पुनलाई उहाँकै घरबाट २०७६ फागुन १८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर चौधरीले बताउनुभयो ।

निर्माण व्यवसायी र जनप्रतिनिधिहरुलाई डर देखाएर चन्दा माग गरेको विषयमा केन्द्रित भएर अनुसन्धान थालिएको इन्स्पेक्टर चौधरीले जानकारी दिनुभयो ।


अमृत बास्कुने