प्रतिनिधि सभाका उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर बम विष्फोट

  ०७४ मङ्सिर ८ गते

जिल्ला प्रतिनिधिका अनुसार मङ्सिर ८ गते बेनी नपा-२ तोराखेतमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

हिजोको चुनावी अभियान सम्पन्न गरेर फर्कने क्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका थापालाई लक्षित गरी बम विष्फोट भएको प्रहरीको प्रतिक्रिया छ । दिउँसो करिब १ बजे विष्फोट भएपछि उम्मेदवारको टोलीले प्रहरीलाई जानकारी गराएको थियो ।

विष्फोटबाट कुनै पनि धनजनको क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोटको जानकारी पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसुन्धरा खड्काले बताइन् । उम्मेदवार थापा बेनी नगरपालिका-१ का स्थानीय बासिन्दा हुन् ।


अमृत बास्कुने