प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता

  ०७६ कात्तिक २१ गते

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २, दाङ क्षेत्र नं ३ (ख), बागलुङ क्षेत्र नं २ (ख) र भक्तपुर क्षेत्र नं १ (क) का लागि कात्तिक २१ गते मनोनयन दर्ता सौहादैपुर्ण रूपमा सम्पन्न भएका खबर जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको मनोनय दर्ताको समयमा ११ जना स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गएका हुन् ।

सत्तारूढ दल नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, विवेकशील साझा पार्टीबाट रजनी केसी, विवेकशील पार्टीबाट जमुना शर्मा, नेपाली कांग्रेस विपीबाट चन्द्रबहादुर रानाभाट, राप्रपाबाट रोमबहादुर भण्डारीलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्न जुलुस सहति आएका नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्छौँ । कार्यकर्तालाई पनि सोही अनुरुप निर्देशनन दिएका छौँ ।’–उनले भने ।

तीन जनाको उम्मेदवारी दर्ता भएन
उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय नागरिक पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका उमेदवारहरूले उम्मेदवारी दर्ता गर्न पाएनन् ।

सङ्घीय लोकतान्त्रिकका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीेका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीेका जयवन्त विक्रम शाहको नाम समानुपातिकको बन्दसूचीमा रहेका कारण उम्मेदवारी दर्ता गर्न नमिलेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।

निर्वाचन कार्यलय नजिकै विष्फोट
पोखरा महानगरपालिका–७ मा रहेकोे मुख्य निवार्चन अधिकृत कास्कीको कार्यलय नजिकै विष्फोट भएको छ ।

बिहान करिब ११ बजेतिर बारुद विष्फोट भएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

विष्फोटबाट कुनै पनि क्षती नभएको उनले बताए । कसले विष्फोट गर्‍यो भन्ने बारेमा थाहा नभएको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
photo20191107kaski
इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य उपनिर्वाचनको लागि आठ राजनितिक दल र दुई जना स्वतन्त्र गरी १० जना उमेदवारले मनोनयन दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उमेदवारको रूपमा खिमविक्रम शाही र नेपाली कांग्रेसको तर्फबाट जीत शेरचनले उमेदवारी दर्ता गराएका बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

न्यौपानेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट निमबहादुर भण्डारी, समाजवादी पार्टीको तर्फबाट अशोक कुमार बिक, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गणेशबहादुर कुँवर, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर थापा तथा स्वतन्त्र रूपमा शेरमान घर्तिमगर र सन्तोष भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी, कात्तिक २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, कात्तिक २३ गतेनै उम्मेदवारी नामावली प्रकाशन, कात्तिक २४ गते उमेदवारले नाम फिर्ता, कात्तिक २४ गतेनै उमेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २५ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । बागलुङ क्षेत्र न. २ ‘ख’ मा ३६ हजार ९ सय २६ जना मतदाता रहेका छन् ।

ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका गरी चार आटा स्थानीय तहका मतदाता यो निर्वाचनमा सहभागी हुनेछन् । निर्वाचनको लागि २५ मतदान स्थलमा र ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
photo20191107baglung (2)

photo20191107baglung (3)

photo20191107baglung (4)
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार दाङ क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यका १४ जनाले मनोनयन दर्ता गराएका छन् ।

कात्तिक २१ गते जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरूले बाजागाजा, झाँकी, नाँच तथा नारावाजीसहित मनोनयन दर्ता गरेका हुन् ।

पालैपालो आएका दलहरुले शान्तिपूर्ण र हर्षोल्लासका साथ उम्मेदवारी दर्ता गराएर फर्किएको प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रितेन्द्र थापाले बताए ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको र सो समयमा १२ ओटा दलका र दुई स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

कार्यालयले मनोनयन नामावली सार्वजनिक गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विमलाकुमारी खत्री वली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट केशवकुमार शर्मा, राष्ट्रिय जनमुक्ती पार्टीबाट धनराज स्वर्णकार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल चौधरी, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री, साझा पार्टीका शिवकुमार चौधरी र नेका (वीपी)बाट दीपककुमार धितालले मनोनयन दर्ता गरेको सूचना जारी गरेको छ ।

यसैगरी टीकाराम आचार्य र गोविन्द केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयनपछि उम्मेदवारहरूले जिल्लाको विकास, सुशासन र मानव अधिकारका निम्ति काम गर्ने प्रतिबद्धता जनाए ।

दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित उत्तरकुमार वली सवारी दुर्घटनामा परी निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

सत्तारुढ नेकपाले दिवंगत उत्तरकुमार वलीकै धर्मपत्नी विमलाकुमारी खत्री वलीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा सदस्यका लागि उक्त क्षेत्रको प्रतिनिधि चुन्नका लागि आगामी मङ्सिर १४ गते ६८ हजार मतदाताले मतदान गर्न पाउनेछन् ।
photo20191107dang (1)

photo20191107dang (2)

photo20191107dang (3)

photo20191107dang (4)

photo20191107dang (5)

photo20191107dang (6)

photo20191107dang (7)

photo20191107dang (8)

photo20191107dang (9)

photo20191107dang (10)

photo20191107dang (11)
इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ११ दल र १० स्वतन्त्र सहित २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवी प्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र नेपाल मजदुर किसान पार्टीबाट निरज लवजूले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनंकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बिपी) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्रतर्फ कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, सङ्गीता पौडेल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनु अघि नेकपा, नेपाली कांग्रेस र नेमकिपाले कमलविनायकबाट कार्यालयसम्म बाजागाजा, पार्टीको झण्डा, चुनाव चिन्ह लिएर नारा लगाउँदै छुट्टा छुट्टै ¥याली प्रदर्शन गरेका थिए ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।

शान्ति पूर्ण र सौहार्दपूर्ण वातावरणमा बिहान १० बजेदेखि १ बजेसम्म प्रवेश गर्नेहरूले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानले जानकारी दिए ।

photo20191107bhaktapur (1)

photo20191107bhaktapur (2)

photo20191107bhaktapur (3)

photo20191107bhaktapur (4)

photo20191107bhaktapur (5)

photo20191107bhaktapur (6)

photo20191107bhaktapur (7)


अनलाइन डेस्क