प्यूठानका ६ ओटा मतदानस्थल संवेदनशील
प्यूठानमा मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि तोकिएका मतदानस्थल मध्ये ६ ओटा मतदानस्थल संवेदनशील रहेका छन् ।
ऐरावती गाउँपालिका–१, २ र प्यूठान नपा–२ मा वडा अध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि तोकिएका आठ ओटा मतदान स्थलमध्ये ऐरावती गाउँपालिकाका ६ ओटा मतदानस्थल संवेदनशील रहेको र प्यूठान नपा–२ का दुई ओटा मतदान स्थल समान्य रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।
प्यूठानमा दुई ओटा स्थानीय तहका तीन ओटा वडामा आठ ओटा मतदानस्थल र १२ ओटा मतदान केन्द्र रहेको प्रमुख जिल्ला अधिकारीले बताए ।
उनले मतदान स्थललाई सुरक्षा, सञ्चार, यातायात र भुगोलका हिसाबले संवेदनशील र सामान्य विभाजन गरिएको बताए ।
तीन ओटा वडाका अध्यक्षका लागि हुने उपनिर्वाचनमा ४ हजार ३ सय ५२ जना महिला र ३ हजार ९ सय ७४ जना पुरूष गरी कुल ८ हजार ३ सय २६ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलयका प्रमुख कृष्णबहादुर कुँवरले बताए ।
रविन्द्र पाण्डे
संबंधित समाचारहरू
मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन
बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा मोहन्याल गाउँपालिका–१ चोयाभावरका २० वर्षीय टेकबहादुर बिकलाई मङ्सिर २२ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले घटना भएलगत्तै…
प्रतिबन्धित नेकपाका जिल्ला सचिव अदालत परिसरबाटै पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट पुनः गिरफ्तार गरेको छ ।…
ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा, प्रशासनद्वारा तीन बुँदे निर्णय
सार्वजनिक यातायातमा सरकारले व्यवस्था गरेका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो शीर्षकमा इन्सेक अनलाइनमा मङ्सिर २१ गते समाचार प्रकाशन भएपछि ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा उपलब्ध गराउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालय धनकुटाले…