पूर्वाधार र पाठ्यसामग्रीको अभावमा एउटै कोठामा पाँच कक्षाको पढाइ
आवश्यक भौतिक पुर्वाधार र पाठ्यसामग्रीको अभावमा छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा एउटै कोठामा पाँचओटा कक्षाको पठनपाठन भएपछि विद्यार्थीलाई बुझाइमा समस्या हुने गरेको छ ।
सुस्तश्रवण स्रोत कक्षा सञ्चालन गर्न आवश्यक भौतिक पुर्वाधार र पाठ्य सामग्रीको अभावमा यसरी एउटै कोठामा पाँचओटा कक्षा सञ्चालन हुँदा पठनपाठन प्रभावित भएको शिक्षक र अभिभावक बताउँछन् ।
एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थी राखेर पठनपाठन गराउँदा सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको शिक्षिका शान्ता केसीले बताइन् ।
विद्यालयमा स्रोत शिक्षक अन्तर्गत आफूमात्रै रहेको जानकारी दिँदै शिक्षिका केसीले एकदेखि पाँच कक्षा सम्मका बालबालिकालाई एउटै कोठमा पढाउनुपर्ने बाध्यता हुँदा पठनपाठनमा समस्या आएको बताइन् ।
यस्तै शैक्षिक सामग्रीसमेत पर्याप्त मात्रामा नहुँदा सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन नसकेको शिक्षिका केसीको भनाई छ ।
हाल विद्यालयको स्रोत कक्षामा ११ जना छात्र र चारजना छात्रा गरी १५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए ।
०५९ सालदेखि विद्यालयमा साङ्केतिक भाषा कक्षा सञ्चालनमा रहेको जानकारी दिँदै प्रधानाध्यापक भण्डारीले विद्यालयमा १० जना विद्यार्थीको कोटा भए पनि थप पाँचजना विद्यार्थीलाई भर्ना गरेर पठनपाठन गराइरहेको बताए ।
भौतिक पुर्वाधारको अभाव र विद्यार्थी सङ्ख्या पनि कम रहेको भन्दै प्रधानाध्यापक भण्डारीले साङ्केतिक भाषामार्फत् अध्यापन गर्ने शिक्षिकाको व्यवस्था भएपछि भने पहिलेको तुलनामा अहिले केही सजिलो भएको प्रतिक्रिया दिए ।
जिल्लामा रहेका अन्य विद्यालयमा सञ्चालित स्रोत कक्षाको पठनपाठनसमेत प्रभावकारी बन्न नसकेको शिक्षक र अभिभावक बताउँछन् ।
शारदा नगरपालिकामा रहेको शिवजन माध्यामिक विद्यालयमा सञ्चालित दृष्टिविहीन कक्षाका विद्यार्थी ब्रेल लिपीबिना नै अध्ययन गरिरहेका छन् ।
सो विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीसँगै अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता हुँदा कक्षा प्रभावकारी नभएको शिक्षक राजेश अर्यालले बताए ।
‘दृष्टिविहीन विद्यार्थीले नबुझ्दा एउटै कुरा पटकपटक दोहोर्याउनुपर्छ ।’–शिक्षक अर्यालले भने–‘ब्रेल लिपीमार्फत पठनपाठन नहुँदा विद्यार्थीलाई बुझाइमा समस्या छ ।’
अर्यालका अनुसार विद्यालयमा १९ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेको भएपनि सरकारले पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्था नगरेकाले पठनपाठन प्रभावकारी ढङ्गले कक्षा सञ्चालन गर्न सकिएको छैन ।
मिना बुढाथोकी
संबंधित समाचारहरू
सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो
ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु…
बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले…
गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा
नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको…
सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा
भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ…
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना…