रुढिवादी संस्कारले विद्यार्थीको पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका–८ मा रहेको खोल्सी गाउँमा धान रोप्न सुरु भएसँगै कान्ति आधारभुत विद्यालयका विद्यार्थीहरु पठनपाठनबाट प्रभावित बनेका छन् ।
खोल्सी गाउँमा जेठ ९ गतेदेखि धान रोपाई सुरु भएसँगै कक्षा ६, ७ र ८ को पठनपाठन प्रभावित बनेको छ ।
खोल्सी गाउँको रुढिवादी संस्कारले गर्दा विवाहित महिलाले धान रोप्न नहुने भन्दै अविवाहित केटीले मात्र धान रोप्न पर्ने चलन रहेको हुँदा कक्षा ६ देखि ८ सम्मको पठनपाठन एक हप्तादेखि प्रभावित बनेको शिक्षक बमबहादुर थापाले बताए ।
विवाहित महिलाले धान रोपेमा असर पार्ने, उब्जनी राम्रो नहुने, खेतमै धान सुक्ने जस्ता अन्धविश्वास रहेका कारण बालिका छात्रा विद्यालयमा उपस्थित नहुँदा अन्य विद्यार्थी समेतको पठनपाठनमा समस्या भएको शिक्षक थापाले बताए ।
कक्षा ६, ७ र ८ का छात्रा सात दिनदेखि धान रोपाईमा व्यस्त हुँदा सोही कक्षाका अन्य छात्रको पठनपाठनसमेत प्रभावित भएको हो ।
छात्रलाई मात्र पठनपाठन गर्दा रोपाईमा गएका छात्राहरुको कोर्ष छुट्ने भएकाले पढाउन समस्या भएको शिक्षक विरबहादुर शाहीले बताए ।
किशोरी छात्रा धान रोप्न गएको दिनदेखि कक्षा ६ देखि ८ सम्मको विषयगत कोर्ष अगाडि बढाउन समस्या भएको उनले बताए ।
खोल्सी गाउँको अविवाहित छोरीले मात्र धान रोप्ने संस्कारले गर्दा विद्यालयको पढाई प्रभावित बनेको छ । कक्षा ६, ७ र ८ मा २७ जना बालिका रहेको शिक्षक शाहीले बताए ।
छात्रा विद्यालयमा किन अनुपस्थित भनेर बुझ्दा हाम्रो परम्परा नै अविवाहित छोरीले धान रोप्ने चलन रहेको हुनाले रोपाई सम्पन्न नहुँदासम्म विद्यालयमा नपठाउने अभिभावक जनके शाहीले बताए ।
अहिले कान्ती आधारभुत विद्यालयमा बालशिक्षा देखि कक्षा ८ सम्ममा छात्र, छात्रा गरी १ सय ७० जना विद्यार्थी रहेका शिक्षक थापाले बताए ।
नन्द सिंह
संबंधित समाचारहरू
सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो
ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु…
बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले…
गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा
नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको…
सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा
भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ…
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना…