पीडितले न्याय पाएपछि इन्सेकलाई धन्यवाद
शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन राना र ३० वर्षीया राजु रानाले न्यायका लागि सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिएका छन् ।
गैरदलित समुदायकी छात्रालाई दलित समुदायका युवकसँग भाग्न सहयोग गरेको भन्दै स्थानीयले शिक्षक करन राना र राजु रानालाई उनीहरू कार्यरत विद्यालयबाट निष्कासन गरेर गाँउबाट विस्थापित गरेका थिए ।
विस्थापित बनेपछि न्यायको खोजीमा सदरमुकाम बस्दै आएका करन रानाको मुद्दाको फैसला जिल्ला अदालत बैतडीले फागुन ६ गते गरेको थियो ।
न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपित ६ जना (स्थानीय मणिलेक उमाविका ४८ वर्षीय शिक्षक राजबहादुर चन्द, सोही विद्यालयका ४० वर्षीय शिक्षक चक्रबहादुर चन्द, श्री हीरापुर मावि बसेडीभ्वाँका ५० वर्षीय शिक्षक जनकबहादुर चन्द, २४ वर्षीय स्थानीय व्यापारी दिपकबहादुर चन्द, ३८ वर्षीय स्थानीय व्यापारी रमेशबहादुर चन्द र ४५ वर्षीय स्थानीय गोकर्ण चन्द) लाई सफाई दिएको छ ।
घटनामा संलग्न भएको आरोप प्रमाणित गर्दै १६ वर्षीया बालिकालाई दुई वर्षको कैद र आठ लाख रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।
दलित शिक्षक/शिक्षिका राना दम्पतिको यो मुद्दामा इन्सेकले सुरूदेखिनै वकालत गर्दै आएको थियो । उक्त वकालतको प्रसंशा गर्दै पीडितले फागुन २८ गते इन्सेक प्रतिनिधि नरी बडुलाई अभार प्रकट गरेका छन् ।
इन्सेकले पीडितको राहातका लागि विस्थापित भएका बेला १० हजार रुपियाँ सहयोग समेत गरेको थियो ।
'न्याय पाउनका लागि इन्सेकले पहल गरेकाले आभार प्रकटको पत्र दिएको हुँ ।'-उनले भने । पीडितको पक्षमा वकालत गर्नें संस्था इन्सेकले आगामी दिनमा पनि पीडितहरूलाई न्याय दिनमा सहयोग गर्ने विश्वास रहेको उनको भनाइ छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…