पीडितलाई सजिलोका लागि उजुरी दिन मोवाइल सेवा

  ०७३ मङ्सिर २२ गते

महिला तथा बालबालिका सम्बन्धी घटनाको तत्काल उजुरी तथा सुनुवाइ गर्न जिल्ला प्रहरी कार्यालय चितवनले महिला तथा बालबालिका सेवा केन्द्रमा नयाँ मोवाइल नम्बरको व्यवस्था गरेको छ । महिला तथा बालबालिका माथि हुने हिंसाका घटनाको तत्काल सूचना दिन कठिनाइ रहेको भन्ने जनगुनासो सुनिन आएको हुँदा त्यस्ता घटनाहरूको तत्कालै सूचना दिनको लागि फोन नम्बर व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । यसका लागि ९८५५०८२७४४ नम्बरको मोवाइलको व्यवस्था गरिएको थापाले जानकारी दिए ।


दीपेन्द्र अधिकारी