पारिश्रमिक नपाएपछि कोभिड प्रयोगशालाका कर्मचारी घर फर्किए
कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारीहरू पाँच महिना काम गरेको पारिश्रमिक नपाएपछि खाली हात घर फर्किन बाध्य भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको सहमति अनुसार स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मी पारिश्रमिक नपाएर घर फर्किएका हुन् ।
०७७ जेठ ३१ गतेको जिल्ला विपद् व्यावस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेशन सेन्टर सञ्चालन गर्न प्रत्येक नगरपालिकाले १५ लाख रुपियाँ र प्रत्येक गाउँपालिका १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । तर, केहि स्थानीय तहले अझै रकम नदिएपछि प्रयोगशालाका १० जना कर्मचारी पारिश्रमीकबाट बञ्चित भएका हुन् । प्रयोगशालामा कार्यरत ल्याब टेक्नोलोजिष्ट दुई जना, टेक्निसियन तीन जना, असिस्टेण्ट दुई जना, कम्प्युटर अपरेटर एक जना, हेल्पर र कुक एक÷एक जनाले पारिश्रमिक नपाएका हुन् ।
उनीहरूले ०७७ असोज ८ गतेबाट कोभिड–१९ परीक्षण प्रयोगशाला, तम्घासमा काम गर्न थालेका थिए । फागुन पहिलो हप्तासम्म पनि आफुहरूले पारिश्रमिक बुझ्ने कुनै वातावरण नभएपछि रेसुङा नगरपालिकाकासँग समन्वय गरेर घर फर्किएको ल्याव टेक्निसियन दिपेन्द्र पन्थीले गुनासो गर्नु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार गुल्मी दरवार, कालीगण्डकी, सत्यवति, चन्द्रकोट र मुसिकोट नगरपालिकाले सहमति अनुसारको रकम नदिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताउनु भयो । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरेर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय बिपद् व्यावस्थापन समितिमा भएको थियो । उपकरण र जनशक्ति व्यवस्थापनमा सुरूबाटै रकमको अभाव भएपनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा निकै समस्या भएको भुसालले बताउनु भयो । उहाँले आफुहरूसँग पारिश्रमिक दिने स्रोत नभएको र अरु स्थानीय तहले सहमति अनुसार रकम नदिएपछि कर्मचारीलाई खाली हात घर पठाउँदा आफूलाई पनि दुख लागेको प्रतिक्रिया दिनुभयो ।
प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीहरूलेनै पारिश्रमीक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका मेयर र गुल्मी अस्पताल प्रमुख लगायतलाई धेरै पटक ध्यानाकर्षण गराएका थिए ।
मेडिकल ल्याव टेक्नोलोजिष्ट मुना क्षेत्रीले कोभिड सङ्क्रमणको बेला जोखिम मोलेर काम गरेर पनि आज खाली हात घर फर्किन परेकोमा दुख व्यक्त गर्नुभयो ।
गुल्मी अस्पतालले सार्वजनिक सूचना प्रकाशन गरेर भर्ना गरेको थियो । सबैको आग्रहमा अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशन गरेर प्रयोगशालामा कर्मचारी भर्ना गरेपनि अहिले स्थानीय तहले धोका दिएको गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।
उहाँले कोभिड सङ्क्रमण उच्च र प्रयोगशालाको आवश्यकताका बेला गरिएको निर्णय र नैतिकता बिर्सेर स्वास्थकर्मी खाली हात घर फर्कनु पर्ने स्थिती निकै बिडम्बनापूर्ण भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जिल्ला बिपद् र जिल्ला समन्वय समितीको सभामा समेत प्रयोगशाला र कर्मचारीको बिषय उठेकाले रकम नदिने स्थानीय तहलाई थप ध्यानाकर्षण गराइएको बताउनु भयो ।
अहिले कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घास बन्द भएको छ । सरकारकै निर्णय अनुसार देशका सिमित प्रयोगशाला मात्रै सञ्चालन भएका छन् । स्वाब सङ्कलनको आधारमा सरकारले सञ्चालन गर्ने र नगर्ने प्रयोगशाला छुट्टाएको छ । गुल्मीको प्रयोगशाला सञ्चालन गर्नुपर्ने सूचिमा नपरेको प्रयोगशाला प्रमुख केपी भण्डारीले बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…