पानी अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
स्वास्थ्य संस्थाहरूमा २४ सै घण्टा पानीको सुविधा हुनुपर्ने सरकारी मापदण्ड भएपनि यहाँका स्वास्थ्य संस्थाहरूले भने पानीको अभाव झेलिरहेका छन् ।
सुत्केरी सुविधा भएका र अन्य स्वास्थ्य संस्थाहरूमा पनि पर्याप्त पानी हुनुपर्ने हो । तर, बैतडीका अधिकांश स्वास्थ्य संस्थामा पानीको हाहाकार छ ।
पानी बोकेर स्वास्थ्य संस्थाहरूको काम गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरूको बाध्यता छ । स्वास्थ्यकर्मीले मात्रै होइन बिरामी र बिरामीका आफन्तले पनि पानी बोक्नुपर्ने बाध्यता छ । गाउँका स्थानीयले प्रयोग गर्ने पानीले नै उनीहरूले गुजारा गरिरहेका छन् ।
‘पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर स्वास्थ्यचौकीमा पानी छैन । बोकेरै पानी पुर्याउनुपर्ने बाध्यता छ ।’–स्वास्थ्यचौकीका अहेब जगदीश बिकले बताउनुभयो ।
स्वास्थ्यचौकीभन्दा तलको बजारमा रहेको पानी स्थानीयले प्रयोग गर्छन् । त्यही पानी भर्नका लागि स्वास्थ्यका कर्मचारीहरू पनि पालो कुर्नुपर्छ ।
दिनको एक पटक बिहान मात्र आउने पानी भर्नका लागि कार्यालय सहयोगीहरू धारामा कुरिरहनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य संस्थामा सुत्केरी सुविधा पनि उपलब्ध छ । भरेको पानी सुत्केरी अवस्थामा सरसफाईमा र कर्मचारीहरूलाई ठिक्कै हुन्छ । सुत्केरीहरू रग्ताम्य कपडा बोकेर घर लैजान्छन् ।
पानी नहुँदा सेवा प्रवाहका कठिनाइ हुने गरेको अनमी ज्योति सुनारले बताइन् । सुत्केरी गराइसकेपछि कसरी सरसफाइ गर्ने भन्ने चिन्ता हुने गरेको उहाँको भनाइ छ ।
जिल्ला सदरमुकाममा पर्ने पुरानो नगरपालिका दशरथचन्द नगरपालिका–१० को बाराकोट स्वास्थ्यचौकीमा पनि पानी छैन ।
स्वास्थ्यचौकी भन्दा अलि टाढा रहेको गाउँवासीले प्रयोग गर्ने पानीको भर पर्नुपर्ने अहेब सुरज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘बोकेरै जम्मा गरेर राखेको पानीले काम चलाउँछौ । नजिकै भएको धारामा पनि नियमित पानी आउँदैन । काम गरिसकेपछि हात धुन पनि पुग्दैन ।’
भूमेश्वर र बाराकोट स्वास्थ्यचौकीमा मात्र होइन जिल्लाका धेरैजसो स्वास्थ्य संस्थाहरूमा पानीको सुविधा छैन ।
जिल्लामा ६५ ओटा स्वास्थ्य संस्था, २ ओटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा अस्पताल छ । यस्तै, सामुदायिक स्वास्थ्य एकाईलगायतका अन्य स्वास्थ्य संस्थाहरू पनि छन् । तर, अधिकांसमा पानीको अभाव छ ।
२४ सै घण्टा पानी हुनुपर्ने र चाहिने संस्थामा पानी बोकेर काम गर्नुपरिरहेको गुनासो सिगास गाउँपालिका ६ को थलाकाडा स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिष्टेण्ट भीमसिंह ऐरको छ ।
उहाँले भन्नुभयो–‘बोकेरै पानीको जोहो गरिरहेका छौँ । जहिल्यै अभाव झेल्न परिरहेको छ । भरेको पानीले कति पो पुग्छ । कर्मचारी, सेवाग्राही, सुत्केरी सबैले प्रयोग गर्नै पर्यो ।’
सुत्केरी गराउनुपर्ने गर्भवतीहरू आएको समयमा झनै सबैले समस्या झेल्नुपर्ने उनले बताए । सुत्केरी हुन स्वास्थ्य संस्था जानुपर्ने गर्भवतीहरूलाई पानीको अभावले धेरै पिरोल्ने गर्छ ।
जिल्लाका धेरैजसो स्वास्थ्य संस्था पानीको अभावमा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सूचना अधिकारी भुवन जोशीले बताउनुभयो ।
‘पानीको अभाव नभएका स्वास्थ्य संस्थाहरू त कमै छन् जिल्लामा । धेरैजसोमा समस्या नै छ ।’–उहाँले भन्नुभयो–‘संस्थामा पानी अभाव हुँदा सेवाप्रवाहमा गार्हो नहुने कुरै भएन ।’
समस्या समाधानको प्रयास भइरहेको स्थानीय तहका प्रतिनिधिहरूको दावी छ । केही स्वास्थ्य संस्थामा समस्या रहेको बताउँदै नगरप्रमुख केशवबहादुर चन्दले पानीको अभाव टार्न विभिन्न योजनामार्फत काम भइरहेको उल्लेख गर्नुभयो ।
सुत्केरी अवस्थामा भएका महिलाका आफन्तलाई समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…