पाँच वर्षदेखि पिउने पानीको अभाव
सर्केगाड गाउँपालिका–६ मा रहेको छ्याँगी गाउँ र गाउँमा रहेको पशुपति आधारभुत विद्यालयमा पाँच वर्षदेखि खाने पानीको अभाव भएको छ ।
सो गाउँपालीकाको छ्याँगी गाउँको ढोसाईटा बाट थाप्ला हुँदै डाँडा खोला पानी आयोजनाको खानेपानी ग्रामीण जलश्रोत परियोजना नामक संस्थाबाट २० लाख रुपियाँ बजेट छुट्याएको भएतापनि अहिलेसम्म पानीका धारा समेत नबनेको छ्याँगी निवासी स्थानीय मनबहादुर शाहीले गुनासो गरे ।
खानेपानीको स्रोत अभाव हुँदा छ्याँगी गाउँमा अझै पनि खानेपानीको धारा जडान हुन नसकेको शाहीको भनाई छ ।
‘खानेपानी निर्माण गर्ने भन्दै आएका उभोक्ता समितिले अहिलेसम्म न पाइपलाईन खनेको छ न त मुहानमा खानेपानी ट्याङ्की बनाएको छ ।’–स्थानीय पदमबहादुर शाहीले गुनासो गरे ।
गर्मीयाम बढेसँगै अहिले विद्यालय र गाउँमा पानीको चरम अभाव भएको छ । यहाँका स्थानीय अहिलेसम्म खानेपानीको धारा नबनाएको भन्दै यो समस्या खाने पानी उपभोक्ता समितिले बल्झाएको हर्क शाहीको आरोप छ ।
पाँच वर्षसम्म कसैको ध्यान जान सकेको आरोप लगाउँदै विद्यार्थी विशाल शाहीले भने–‘यतिबेला हाम्रो विद्यालयका १ सय ४५ जना विद्यार्थी पानी पिउन नपाएर विद्यालयमा आउन समेत छाडेका छन् ।’
पानी पिउन नपाउँदा पढाईमा पनि त्यति धेरै राम्रो ध्यान जाने नगरेको अर्का विद्यार्थी पुस्कर शाहीले गुनासो गरे ।
०७२ सालमा ग्रामीण जलश्रोत परियोजनाको आर्थिक सहयोगमा बजेट पार्ने विनियोजन गरेको भएपनि ०७४ भदौ महिनामा सम्झौता भएका थियो । उक्त योजना ०७५ असार मसान्तसम्म सम्पन्न गर्ने भनी सम्झौता गरिएको थियो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…