पाँच ओटा स्थानीय तहका शिक्षकले समयमा तलव पाएनन्

  ०७६ असोज १८ गते

धनुषाका पाँच ओटा स्थानीय तहमा कार्यरत शिक्षकहरूले समयमा तलव, भत्ताको साथै दशैँ खर्च नपाएको दुखेसो पोखेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका, धनौजी गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिलाविहारी नगरपालिका, सवैला नगरपालिकाले शिक्षकहरूको तलव, भत्ता र दशैँ खर्च उपलब्ध गराउन सकेको छैन् ।

क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत शिक्षकहरूले साउन, भदौ र असोज महिनाको तलव, भत्ता र दशैँ खर्च पाउनुपर्ने भए पनि दशैँ विदा हुने अघिल्लो दिनसम्म पनि खातामा रकम नआएको भन्दै तलव निकासा नगरेको नेपाल शिक्षक सङ्घ धनुषाका सचिव समेत रहेका श्री जनता माध्यमिक विद्यालय बनिनियाँका प्रधानाध्यापक सुरेशकुमार यादवले बताएका छन् ।


दिपेन्द्रप्रसाद सिंह