पहिचान भएका समस्या समाधान गर्न मेयरलाई ज्ञापन पत्र
चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा देखिएका समस्या सम्बन्धमा मानव अधिकार निगरानी समूहले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३, कार्यालयद्वारा असार ३ गते आयोजित मानव अधिकार निगरानी समूह, जनप्रतिनिधि र सरोकारवालाहरूबीच भएको समन्वयात्मक कार्यक्रममा चाँगुनारायण नगर भित्र रहेका समस्याहरूको विषयमा निगरानी समूहले तयार पारेको प्रतिवेदनमा समस्याको पहिचान गरी समाधानका लागि पहल गर्न समूहका संयोजक बच्चुराम न्यौपानेले ज्ञापन पत्र बुझाएका हुन् ।
निगरानी समूहले नगरपालिका भित्र शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रका सरोकार राख्ने विद्यालय, स्वास्थ्य चौकी, कृषि र पशु सेवाको अवस्था र समस्या पहिचान गरी त्यसलाई सुधार गर्नको लागि नगर प्रमुख मिश्रको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख मिश्रले नगरपालिकामा देखिएका समस्या समाधान गर्न आफू सक्रिय रूपमा लाग्ने बताए । उनले नगरभित्र रहेका समस्या आफूले सक्ने आफैँले गर्ने र नसक्ने मुद्दा माथिल्लो निकायलाई पठाउने बताए ।
यसैगरी उपप्रमुख बिना बास्तोलाले निगरानी समूहको सक्रियताले कर्मचारीमा पनि जनताको काम समयमै गर्न र आफूले उपलब्ध गराउने सेवा छिटो छरितो र चुस्त बनाउन दबाब बढ्ने बताउँदै निगरानी समूहको खबरदारीले नगरपालिकाको काममा सहयोग पुगेको बताइन् ।
इन्सेक प्रदेश ३, कार्यालय काठमाडौँका कार्यक्रम संयोजक गणेश भण्डारीले नागरिक र जनप्रतिनिधि तथा सरोकारवालाबीच निगरानी समूहले पुलको काम गर्ने गरेको बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य, खाद्य उपभोग गर्न पाउने जनताको अधिकारलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए ।
कार्यक्रममा नगर भित्र रहेका समस्याहरूलाई समाधानका लागि आफूहरूले निगरानी गर्दै आएको जानकारी निगरानी समूहकी उपसंयोजक अम्बिका खत्रीले बताइन् ।
उनले अपाङ्गता भएका बालबालिकालाई विद्यालयले भर्ना नै नलिएको हुँदा त्यसको जिम्मेवारी कसले लिने हो ? भन्दै संविधानले नै शिक्षाको सुनिश्चितता गरेको अवस्थामा विद्यालयले भर्ना नलिने हो भने स्थानीय सरकार गाउँमा आएको भन्नु भ्रमपूर्ण भएको गुनासो गरिन् ।
ज्ञापन पत्रमा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी समयमा नआउने, कृषिमा बजेट नुछुट्याइएको, पशुसेवाको लागि कर्मचारी अभाव रहेको, विद्यालयमा समानुपातिक शिक्षकको अवस्था नरहेको, निजी र सरकारी विद्यालयको शिक्षाको गुणस्तर समान नरहेको लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।
कार्यक्रममा, शिक्षा शाखाका प्रमुख वीरसिंह खड्का, पशु सेवाका प्रमुख ऋषीराम लामिछाने, कृषिका प्रमुख श्रवणकुमार पासवान, स्वास्थ्यका प्रमुख कर्ण श्रेष्ठले आआफ्नो क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।
पञ्चकन्या माविका प्रधानध्यापक शन्तराम दुलाललगायतले पहिचान भएका समस्याको समाधान नगरपालिकाले खोज्नु पर्ने बताएका थिए ।
सविना केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…
कार्यालयमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका सहायक कम्प्युटर अपरेटर कञ्चनरुप नपा–२ निवासी ३१ वर्षीय मनोजकुमार साहलाई माघ ९ गते कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखापढी व्यावसायी राजगढ गाउँपालिका–३ नर्घोका ५०…