पर्खाल नहुँदा कैदीहरू कोठाभित्रै बस्न बाध्य
हिमाल पारीको जिल्ला मुस्ताङमा २०३७ सालमा कारागार शाखाको स्थापना भएपनि पछिल्लो पाँच वर्षदेखि मात्र बन्दी तथा कैदीहरू राख्न थालिएको छ ।
अहिले जोमसोमस्थित कारागारमा ६ जना कैदीहरू रहेका छन् । एक जना महिलासहित ६ जना कैदीहरू कम्पाउण्ड नभएको कारागारमा राखिएकाले उनीहरू कोठा भित्रै खुम्चेर बस्न बाध्य छन् ।
कारागारका नाइके लोप्साङ गुरुङले कारागार अनुगमनमा पुगेको इन्सेकको टोलीलाई दुई वर्षदेखि कोठा भित्रै बन्द रहन बाध्य भएको बताए ।
नेपाल सरकारले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने भनेपनि मुस्ताङ जिल्ला कारागारको अवस्था दयनीय पाइएको अनुगमनमा मुस्ताङ पुगेका इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले बताए । 'यहाँका कैदीहरूले कारागारलाई सुधार गृह भनेर प्रचार गरिएपनि संरचनाका कारण यातना गृह जस्तो ठानेका छौँ भनेर हामीलाई गुनासो गरे ।'-खकुरेलले भने ।
कारागारको कम्पाउण्डमा पर्खाल नहुँदा सुरक्षाकर्मीलाई पनि समस्या भएको छ भने चिसोको समयमा पनि कैदीहरूले घाम ताप्ने र बाहिर कुनै काम गर्नसमेत पाएका छैनन् । कारागार कम्पाउड नहुँदा हिमाली जिल्लाको चिसोमा पनि सँधै एकै कोठामा थन्किएर बस्न बाध्य भएको कैदीहरूको गुनासो छ ।
नाइके गुरुङले आयआर्जन तथा अन्य सिपमूलक तालिमको अभावमा कैदीहरूलाई मासिक आउने १ हजार ३ सय ५० रुपियाँ भत्ताबाट महिना दिनको खर्च धान्न मुस्किल पर्ने गरेको बताउँछन् ।
जिल्ला कारागारमा रहेका कैदीहरू बिरामी पर्दा सरकारले तोकेको निःशुल्क पाइने औषधिसमेत आफूहरूले किन्नु परेको गुरुङले बताए । उनले भने-'हिमाली जिल्ला चिसो छ । अनि यहाँ कारागारमा बिरामी हुँदा उपचार पनि चाँडै पाइँदैन । डाक्टरले लेखेको औषधि निशुल्क पाउनु पर्ने भएपनि ती सबै आफूहरूले किनेरै प्रयोग गरिरहेका छौँ ।'
निमित्त जेलर शेषराज आचार्यले कारागारको कम्पाउण्डको लागि प्रयास भइरहेको बताए । उनले कारागार व्यवस्थापन विभागलाई कम्पाउड गर्नका लागि पहिला पनि समस्या पठाइएको र अब पुनः पठाउने तयारीमा रहेको बताए । प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले कारागारमा पर्खाल निर्माणका लागि प्रयास भइरहेको बताए ।
इन्सेक केन्द्रीय कार्यालयकी बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठको नेतृत्वमा आएको इन्सेकको टोलीले जिल्ला कारागार शाखाको अनुगमन गरेको हो ।
अमृत बास्कुने
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…