परिचय–पत्र पाउनु पर्ने मागगर्दै तीन दिनदेखि जिल्ला प्रशासनमा धर्ना
वास्तविक गरिब परिवारले परिचय–पत्र पाउनु पर्ने मागगर्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा पीडितहरू तीन दिनदेखि धर्नामा बसेका छन् ।
नेपाल सरकार गरिबी तथा सहकारी विकास मन्त्रालयद्वारा वितरण गरिएको गरिब घर परिवार छनौट प्रक्रियामा हुम्लाका स्थानीयबासी गरिब घरधुरी सर्वेक्षणका क्रममा करिब ४ हजार वास्तविक गरिब परिवार छुटेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।
नाम छुटेको विषयमा एक हप्ता सूचना जारी पश्चात फारम भरेको भए पनि नाम समावेश नगरेको भन्दै सिमकोट गाउँपालिका–१ बरगाउँ, सोही गाउँपालिका–६ का स्थानीयबासीे जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको सोही गाउँपालिका–१ का स्थानीयबासी छिरिङ् लामाले बताए ।
०७० सालमा सङ्कलन गरेको विवरणका आधारमा हुम्लामा गरिब परिचय–पत्र वितरण भएपछि वास्तविक गरिबहरू छुटेको भन्दै सो कार्यालयमा धर्ना दिन बाध्य भएका हुन् ।
जिल्लाका वास्तविक गरिब नपरेर धनी व्यक्ति परेको देखिएपछि स्थानीयबासी मर्कामा परेको सिमकोट गाउँपालिका–१ का वडा अध्यक्ष ताप्का लामाले बताए । उनले भने–‘२०७० सालमा जिविसबाट विवरण सङ्कलन गर्दा सामाजिक परिचालकको कमजोरीले हुम्लाका हजारौँ गरिब घर परिवार परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् ।’
नेपाल सरकारले विभेदपूर्ण ढङ्गले हेरेको भन्दै धर्नामात्र नभएर हुम्ली सबै मिलेर आन्दोलनमा उत्रिने समेत प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानालाई चेतवानी दिएका छन् ।
वास्तविक गरिबहरूको पहिचानका लागि गरिब घर परिवार छनौट समितिको बोर्डको बैठक बस्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताए । समस्या समाधानका लागि केन्द्रीय तहमा समन्वय गर्ने प्रजिअ ढुङ्गानाले आश्वासन दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…