परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय रामाकान्त मुखिया, २१ वर्षीय संजिव मुखिया, २० वर्षीय सुरज मुखिया र २० वर्षीय सन्तोष मुखियाविरुद्ध फागुन १२ गते उजुरी दर्ता गरेको छ ।
उच्च अदालत जनकपुर राजविराजको इजलासले फागुन ६ गते गरेको परमादेशपछि आरोपितहरूविरुद्ध गर्भपतन र ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
जाहेरवाला ३५ वर्षीय धर्मदेव मुखिया तथा उहााकी भाइबुहारी कोशिलादेवी मुखियाका अनुसार आरोपितहरूले पुरानो रिसइबीका कारण ०७७ जेठ २१ गते घरेलु हातहतियारले कुटपिट गरी घाइते बनाएका थिए ।
कुटपिटबाट घाइते पीडित कोशिलादेवीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ २७ गते जन्म दिएको शिशु बालकको असार १६ गते मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १७ गते गरिएको थियो ।
पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरी दर्ता नभएपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशको मागसहित रिट दायर गरिएको थियो ।
कथित बोक्सीको आरोप लगाएको आरोपमा दुई पक्षबीच जेठ २१ गते दोहोरो झडपसमेत भएको थियो । झडपका क्रममा घाइते भएकी भनिएकी कोशिलादेवी घटनास्थलमा नै नआएको र २१ दिने छोराको मृत्यु कालगतीले भएको आरोपित राजकुमारको भनाई छ ।
अदालतको परमादेशपछि प्रहरीले उजुरी दर्ता गरेको जनाउँदै आरोपितहरू फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीले जानकारी दिनुभयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…