पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार
जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई हत्या गरेको आरोपमा प्रहरीले महागढिमाई नपा–२ तेलकुँवा टोलका ४५ वर्षीय हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मीलाई भदौ २५ गते गिरफ्तार गरेको छ ।
पत्रकार साहलाई ०६४ असोज १८ गते बारागढी गाउँपालिका–३ पिप्रा बसतपुरबाट अपहरण गरी जितपुरसिमरा उमनपा–१६ टाँगियावस्तीको जङ्गलमा हत्या गरी खाल्टो खनी गाडेको आरोपमा कुर्मीलाई १३ वर्षपछि भदौ २५ गते कोल्हवी नपा–४ सपही टोलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनु भयो ।
पत्रकार साहको अपहरण भएको ३४ दिनपछि ०६४ कात्तिक २२ गते राति जितपुरसिमरा उमनपा–१६ टाँगियावस्तीको पूर्व दक्षिण तर्फको जङ्गलमा खाल्टो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो ।
पत्रकार साहलाई अपहरण गरी हत्या गरेको घटनाका दोषी मध्येका जिपपुरसिमरा उमनपा–२० इनर्वासिराका ५० वर्षीय मेनेजर गिरी बारा जिल्ला अदालतको आदेशमा ११ वर्ष कैद भुक्तानी गरी रिहा भइसकेको जिल्ला अदालतका श्रेस्तेदार कौशलेस ज्ञवालीले बताउनु भयो ।
पत्रकार साह हत्याका अर्का दोषी बारागढी गाउँपालिका–३ नयकाटोलका ४९ वर्षीय रामएकवाल सहनी जिल्ला अदालतको फैसला अनुसार कारागार कार्यालय बीरगंजमा कैद भुक्तान गरिरहेको एसपी पङ्गेनीले बनाउनु भयो ।
त्यस्तै पत्रकार साह हत्या घटनाका मुख्य आरोपित बारागढी गाउँपालिका–६ गढहलका ५१ वर्षीय कुन्दन फौज्दारलाई ०७६ फागुन २५ गते बिहान फौज्दारको घरबाटै गिरफ्तार गरेको एसपी पङ्गेनीले बताउनु भएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
वार्ताका लागि सरकार र प्रतिबन्धित नेकपाद्वारा दुई-दुई सदस्यीय समिति गठन
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…