पत्रकार साहलाई अपरिचित व्यक्तिको समूहद्वारा कुटपिट

  ०७५ फागुन ११ गते

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष गौर नपा-५ का ४० वर्षीय रविन्द्र साहलाई फागुन १० गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ ।

गद्र नपा-८ स्थित कविर चोकमा साँझ ७:३० बजेको समयमा पान खाइरहेको अवस्थामा हतियारसहित आएका ३-४ जनाको अपरिचित व्यक्तिहरूको समूहले लाठी, रडलगायतका हतियार प्रहार गरी घाइते बनाएको अध्यक्ष साहले बताए ।

आक्रमणबाट साहको दाहिने हात भाँचिनुका साथै शरीरमा चोटपटक लागेको छ । घाइतेको प्राथमिक उपचार गौर अस्पतालमा गरेपछि थप उपचारका लागि बीरगञ्ज रिफर गरिएको साहकी पत्नी रश्मी पटेलले बताइन् । साहलाइ नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले फागुन ६ गते निलम्वन गरेको थियो ।


कोपिला तिमल्सिना