पत्रकारलाई मार्ने धम्की दिएकोप्रति नागरिक समाजको ध्यानाकर्षण

  ०७६ साउन १५ गते

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नागरिक समाज दाङका सदस्य ६१ वर्षीय केबी मसाल (केदारबाबु तिवारी) लाई मार्ने धम्की दिएको प्रति साउन १३ गते नागरिक समाजले ध्यानाकर्षण जनाएको छ ।

नागरिक समाज दाङको बैठक सकेर साउन १३ गते बजार निस्कँदै गर्दा घोराही बजारमै बाटो छेकेर घोराही उपमनपा-१८ का ४२ वर्षीय नारायणनाथ योगीले मार्ने धम्की दिएको भन्दै पत्रकार मसालले  साउन १३ गते जीवन सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी दिएका थिए । आरोपित पत्रकार महासङ्घको भवनमा भाडामा बसेर व्यवसाय गर्दै आएका थिए ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यले साउन १३ गते विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन । जिल्ला प्रहरी कार्यालयले आरोपितको खोजी भइरहेको जनाएको छ ।


जे.एन.सागर