पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

  ०७४ पुस १६ गते

काठमाडौँबाट सञ्चालित तीव्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले पुस १६ गते विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रमेश बिष्टले सो अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीलाई चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, नक्कली भ्याट विलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट 'चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ ? तुरुन्त चौधरी ग्रुप विरुद्ध प्रकाशित समाचार लेख्न बन्द गर नत्र भौतिक कारबाही गर्न पछि पर्दैनौँ' भनी दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ ।


सुभाष साह