पत्रकारमाथि हातपात

  ०७४ जेठ १ गते

सिन्धुलीको दुधौलीबाट सञ्चालनमा आएको अनलाइन दुधौली खबरका पत्रकार २१ वर्षीय रविन्द्र भट्टराईलाई मतगणना स्थलमा भएको विवादको भिडियो खिचेको भन्दै जेठ १ गते दिउँसो वाइसिएल कार्यकर्ताले कुटपिट गरेका छन् ।

कुटपीटका कारण रविन्द्र भट्टराईको घाँटीमा चोट लागेको छ । दुधौली-९ घर भएका भट्टराईलाई वाइसिएलका कार्यकर्ता विन्दा अधिकारीको नेतृत्वमा रहेको समूहले हातपात गरेको पीडित भट्टराईले बताए ।


बिमला पाण्डे