पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा ढोरपाटन नगरपालिका–७ का ६२ वर्षीय देवीराम विकलाई प्रहरी चौकी ढोरपाटनले चैत ६ गते गिरफ्तार गरेको छ ।
अत्याधिक मादक पदार्थ सेवन गरेका देवीरामले घरायासी विवादको क्रममा ५० वर्षीया पत्नी गौरा विकलाई चैत ५ गते राति ९ बजे फलामको गैंचीले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो । उहाँले आरोपितलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याउदै गरिएको बताउनुभयो ।
प्रहरीले मृतक गौराको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पोष्टमार्टम गरि बुहारी कल्पना विकलाई बुझाएको जानकारी दिएका छन् ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या
छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि खुंडा प्रहार गरी माघ १३ गते साँझ हत्या गरिएको छ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई माघ १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको…
कोभिड–१९ः यो साता ३१ हजार स्वाब परीक्षण गर्दा २ हजारलाई सङ्क्रमण
यो साता ३१ हजार ३ सय ५५ ओटा स्वाब परीक्षण गर्दा २ हजार १ सय ४५ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या भने २ हजार ७ सय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)
माघ १३ गते ३ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…