पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ७ गते

लमही नपा-५ की २० वर्षीया प्रिती जयसवालको हत्या गरेको कसुरमा कैद तोकिएका ३० वर्षीय पति प्रदीपकुमार जयसवाललाई प्रहरीले ६ वर्षपछि कात्तिक ६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

०७० असार २५ गते पत्नीको हत्या गरी फरार रहेका जयसवाललाई जिल्ला अदालतले ०७४ पुस १७ गते दोषी ठहर गर्दै १८ वर्ष ८ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।

लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरीले लमहीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए ।

घटना लगत्तै पीडित पक्षले वडा प्रहरी कार्यालय लमहीमा ०७० असार २५ गते उजुरी दिएको थियो । शवको पोष्टमार्टम ०७० असार २६ गते लमही अस्पतालमा गरिएको थियो ।


जे.एन.सागर