पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २५ गते

फाकफोकथुम गाउँपालिका–६ की ४४ वर्षीया सरिता राईको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति नरबहादुर राईलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पत्नी सरितालाई आरोपित राईले असोज २२ गते बारीको कान्लाबाट लडाएर हत्या गरेको आरोपमा गिरफ्तार गरिएको डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।  शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।


कोकिला ढकाल