पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

  ०७६ भदौ ४ गते

बेलका नगरपालिका–५ की ३० वर्षीया अञ्जु आलेमगरको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति तिर्थ आलेमगरलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा पीडित महिलालाई आरोपितले भदौ २ गते कुटपिट गर्दा उनी घाइते भएकी थिइन् ।

घाइते भएकी पीडितको मृत्यु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा भदौ २ गते नै भएको थियो । उनको मृत्यु भएपछि आरोपितलाई गिरफ्तार गरिएको एसपी वीरबहादुर बुढामगरले बताए ।

पीडित पक्षले भदौ ३ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय बेलकामा उजुरी दिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भदौ ३ गते गरिएको एसपी बुढामगरले बताए ।


भरत खड्का