पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ असार ३ गते

दीपायल सिलगढी नपा - ३ दिपायलकी ४० वर्षीया मीना नेपालीलाई ४५ वर्षीय पति कृष्ण नेपालीले लुगा काटने कैचीले घाँटी र पेटमा प्रहार गरी हत्या गरेको आरोपमा असार २ गते राति प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका नेपालीलाई प्रहरी हिरासतमाराखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार २ गतेराति घरमा मासु ल्यार पकाउने क्रममा पति पत्नीबीच बिवाद हुँदा नेपालीले पत्नीको घाँटी र पेटमा कैची प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख बिद्यानन्द माझीले जानकारी दिए ।

पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल, दीपायलमा ल्याइएको छ । मृतकका माइतीपक्षको उपस्थित नभएका कारण हालसम्म पोष्टमार्टन हुन नसकेको र माइती पक्षको उपस्थित भएलगत्तै पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख माझीले जानकारी दिए ।


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी