पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असार १ गते

डुडुवा गाउँपालिका–१ की २२ वर्षीया नेहाकुमारी वडहीलाई जेठ ३१ गते २४ वर्षीय पति दिलीप बडहीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।

डुडुवा गाउँपालिकाका अध्यक्ष पटेश्वर कुर्मीका अनुसार पीडित महिलालाई आरोपितले पतिले पहिलेदेखिनै कुटपिट गदै आएका थिए ।

जेठ ३१ गते नेहा घरमा झुण्डिएको अवस्था फेला परेकी थिइन् । उनको शरीरमा निल डामहरू रहेकोसमेत अध्यक्ष कुर्मीले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक पक्षको उजुरी नपरेको भएर घटनाको अनुसन्धान अगाडि बढेको छैन । मृतकका पति फरार रहेका छन् । शवको पोष्टमार्टम जेठ ३२ गते भेरी प्रादेशिक अस्पतालमा गरिएको प्रहरीले जनायो ।


स्मृति देवकोटा