पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७५ असार १२ गते

भिमदत्त नगरपालिका-८ तिलाचौरकी २६ वर्षीया सरस्वती कार्कीलाई फोरुवा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति केशव कार्कीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लमही, दाङमा कार्यरत केशवले विदामा घर आएको बेला पतिपत्नी बीच विवाद भएपछि असार १२ गते फोरुवा प्रहार गरी हत्या गरेको आरोप छ ।

मृतकको शव पोष्मार्टमका लागि महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।


कोमलनिरन्जन भाट