पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन २१ गते

फिदिम नपा-३ की ४२ वर्षीया गङ्गामाया मुखियालाई हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति डिकबहादुर मुखियालाई फागुन २० गते गिरफ्तार गरेको छ ।

पत्नी हराएको भन्दै फागुन ६ गते प्रहरीमा उजुरी दिएका मुखियालाई पत्नीको शव घरनजिकै बारीमा फेला पारेपछि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितलाई फागुन ५ गते नै आरोपितले हत्या गरी घर नजिकैको बारीमा गाडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए ।

पीडितको शरीरका विभिन्न भागमा चोट देखिएको छ । शवको पोष्टमार्टम फागुन २१ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ ।


मङ्गल बेघा