पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन ४ गते

कृष्णपुर नपा-४ का ४० वर्षीया लाहु डगौराको हत्या गरेको आरोपमा ४२ वर्षीय पति विरु डगौरालाई फागुन ३ गते इलाका प्रहरी कार्यालय झलारीले गिरफ्तार गरेको छ ।

फागुन २ गते राति घरायसी विवादमा विरुले दाउरा प्रहार गरी उनकी पत्नी लाहु डगौराको मृत्यु भएको थियो । मृतक लाहुको फागुन ३ गते महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टम भएको थियो ।

हत्याका आरोपित विरुलाई जिल्ला इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, झलारीका इन्स्पेक्टर मोहनबहादुर साउदले वताए ।


कोमलनिरन्जन भाट