पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७४ मङ्सिर १४ गते

शम्भुनाथ नपा-३ की ४० वर्षीया कुसुमदेवी पाण्डेको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति महेश पाण्डेलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

घरायसी विषयमा वादविवाद हुँदा आरोपितले मङ्सिर १ गते ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी कुसुमदेवीको उपचारको क्रममा मङ्सिर १० गते मृत्यु भएको थियो ।

निधारमा गहिरो चोट लागी गम्भीर घाइते भएकी कुसुमदेवीको उपचार राजविराजमा हुन नसकेपछि कोशी अञ्चल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

उक्त घटनापछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।


मनोहरकुमार पोखरेल