पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
डाडाँफया गाविस-२ की २२ वर्षीया लुकमति सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय पति मानबहादुर सिंहलाई असोज १२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलासँग बहुविवाहका विषयमा विवाद भएपछि असोज ७ गते छातीमा हिर्काएर लुकमतीको हत्या गरेको आरोपमा माइती पक्षले असोज ८ गते धारापोरी प्रहरी चौकीमा मानबहादुरविरुद्ध उजुरी दिएका थिए ।
स्थनीयबासीले दिएको सूचना र प्रहरी अनुसन्धानपछि मानबहादुरले पत्नीको हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर ओमप्रकाश यादवले बताए ।
हत्यापछि मृतकलाई पतिले शौचालयको खाल्टो भित्र पुरेको अवस्थामा असोज १२ गते लाश फेला परेको इन्स्पेक्टर यादवले जानकारी दिए ।
पीडित महिलाको शवको पोष्टमार्टम असोज १३ गते जिल्ला अस्पताल हुम्लामा गरिएको प्रहरीले जनाएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई माघ ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पुस २९ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर…
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…