पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २१ गते

ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई काठमाडौँ महानगरपालिका-१३ कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको हत्या गरेको आरोपमा पति २३ वर्षीय सुरज परियारलाई प्रहरीले पुस १९ गते गिरफ्तार गरेको छ ।

सुरजले पत्नीको हत्या पुस १७ गते राति गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहराले बताउनुभयो ।

डीएसपीका अनुसार आत्महत्या भनेर खबर आएपछि प्रहरी घटनास्थल पुगेपछि हत्याको आशंका अनुसन्धान अघि बढाईकोमा पोष्टमार्डमको रिर्पाेट पुस १९ गते मात्र आएपछि मात्र घटनाका आरोपितलाई गिरफ्तार गरिएको हो ।

डीएसपी बोहोराले शवको पोष्टमार्टम पुस १८ गते त्रिवि शिक्षण अस्पताल माहाराजगञ्जमा गरिएको थियो ।

सामान्य घरायसी विवादका क्रममा आरोपितले पत्नीको हत्या गरेको पाइएको डिएसपी बोहोराले बताउनु भयो । प्रहरीका अनुसार परियार यसअघि पनि ज्यान सम्बन्धी मुद्दामा गिरफ्तार परेर छुटेका व्यक्ति हुन् ।


विमला पौडेल