पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २५ गते

कमल गाउँपालिका–२ की २४ वर्षीया रीता थापाको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति रामजी थापालाई असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज २४ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरी चौकी तोपगाछीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम असोज २५ गते मेची अञ्चल अस्पतालमा गरिएको छ ।


नरेश खाती