पत्नी हत्या  घटनाका आरोपित गिरफ्तार

  ०७७ वैशाख १९ गते

हेलम्बु गाउँपालिका–७ बङ्गारेकी ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको आरोपमा पति ३५ वर्षीय रामबहादुर तामाङलाई वैशाख १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बिहानको खाना खाएर चुठ्न लाग्दा वैशाख १८ गते पछाडिबाट भैँसीबाध्ने किलोले पत्नीको टाउकोमा हानेर हत्या गरेको वडाअध्यक्ष खेलनाथ घिमिरेले बताउनु भयो ।

आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मेलम्चीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक काफ्लेले बताउनु भयो ।

डिएसपी काफ्लेका अनुसार घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय मेलम्चीबाट भइरहेको बताइएको छ । मृतकको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा वैशाख १८ गते पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।


नातिबावु धिताल