पत्नी हत्या घटनाका आरोपति गिरफ्तार

  ०७७ फागुन ९ गते

कालिञ्चोक गाउँपालिका–६ की २२ वर्षीया सुनिता थामीको हत्या गरेको आरोपमा पति २७ वर्षीय हिमाल थामीलाई प्रहरीले ०७७ फागुन ८ गते बिहान गिरफ्तार गरेको छ ।

आरोपित थामीले फागुन ७ गते राति दुई बजेतिर घरमै सुतिरहेकी पत्नीको टाउको लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको र पत्नीको मृत्यु भएपछि भाग्दै गरेको अवस्थामा सोही गाउँपालिका वडा नं. ७ को सिसागोलाईबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अञ्जन कोइरालाले बताउनु भयो ।

मृतकको शवको फागुन ८ गते चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ ।

पीडितका आफन्तले फागुन ९ गते जिल्ला प्रहरी कार्यालमा उजुरीको दिएको कोइरालाले जानकारी दिनु भयो ।


उद्धव पोखरेल