पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

  ०७३ मङ्सिर १७ गते

धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई मदिरा सेवन गरी घर आएका आरोपितले मङ्सिर १५ गते कुटपिट गरी हत्या गरेको छिमेकीहरूले सूचना दिएपछि अनुसन्धानका लागि आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

पीडित महिलाको शवको पोष्टमार्टम मङ्सिर १६ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी