पत्नी हत्याको आरोपमा जन्मकैदको फैसला

  ०७६ माघ १४ गते

३२ वर्षीय पत्नी शर्मीला घर्तिमगरको हत्याको आरोपमा पोखरा मनपा-२७ रिठ्ठेपानी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई जिल्ला अदालत कास्कीले ०७६ माघ १३ गते जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत कास्कीका न्यायधीश दिपक कुमार खरेलको माघ १३ गतेको इजलासले मनसाय पूर्वक हत्या गरेको दफा १७७ को २ बमोजिम घर्तीलाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

२०७५ कात्तिक २२ गते पत्नी हत्या गरि फरार रहेका घर्तीलाई प्रहरीले कात्तिक २६ गते भैरहवाबाट गिरफ्तार गरेको थियो ।

प्रहरीले घर्ति विरुद्ध जिल्ला अदालत कास्कीमा २०७५ मङ्सिर १८ गते मुद्धा दर्ता गरेको थियो ।

 

 


सुशन घिमिरे