पत्नी हत्याका आरोपित गिरफ्तार

  ०७४ असोज १० गते

पत्नी हत्याका आरोपित धनगढीमाई नपा-२ का ३२ वर्षीय ज्ञानेन्द्रप्रसाद चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले असोज १० गते गिरफ्तार गरेको छ ।

घरायसी विवादमा असोज ९ गते राति आरोपितले २७ वर्षीय पत्नी मञ्जु चौधरीलाई मादक पदार्थ सेवन गरी फलामको रडले कुटपिट गर्दा उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीले बताए ।

सुबेदीका अनुसार बिहान स्थानीयहरूले घटनाको जानकारी गराए पछि अनुसंधानको लागि मृतकका पति, सासू ५० वर्षीया राधा चौधरी र ५७ वर्षीय ससुरा महेन्द्र चौधरीलाई गिरफ्तार गरेको बताए । मृतकको शवको पोष्टमार्टम धरान स्थित विपी प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।


दुर्गा परियार