पत्नी र सासूको हत्या आरोपित गिरफ्तार

  ०७३ साउन ७ गते

रुकुमको रुघा गाविस-५ की २६ वर्षीया नौमति खड्का र उनकी ४५ वर्षीया आमा ओपी वलीको हत्या गरेको आरोपमा नौमतिका २६ वर्षीय पति जगतबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सामान्य विवाद हुँदा आरोपितले साउन ४ गते बिहान कुटेर पत्नी र सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी रुपेश खड्काले जानकारी दिए ।

लाठीले हिर्काए पछि घटनास्थलमै दुवै जनाको ज्यान गएको प्रहरीले बताएको छ । आरोपितलाई गाउँलेहरूले घरमै बाँधेर राखेको हुँदा प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको जनाएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले रुकुममा ल्याउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।


आदर्श केसी