पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २८ गते

रामग्राम नपा–११ की ३३ वर्षीया सिता चौधरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति जितेन्द्र चौधरीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २६ गते कुटपिट गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

कुटपिटबाट घाइते भएकी सिताको उपचार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सोही दिन गरिएको छ ।


नारायण पराजुली