पत्नीसहित तीन जनामाथि खुकुरी प्रहार

  ०७६ साउन २९ गते

भुमिकास्थान नगरपालिका-६ की १८ वर्षीया गीता घर्तीलगायत तीन जनामाथि साउन २७ गते २७ वर्षीय पति चिरन घर्तीले खुकुरी प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ ।

भुमिकास्थान नगरपालिका-८ लम्चीमा माइती घरमा बस्दै आएकी पत्नीलाई ससुराली घरमा आएर पत्नी, ४३ वर्षीया सासू भूमकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री माथि खकुरी प्रहार गरेको प्रहरीले जनायो ।

खुकुरी प्रहारबाट घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

पति पत्नीबीच केही वर्षदेखि सामान्य झगडा हुदै आएकोमा यसअघि प्रहरी चौकी खिल्जिमा मिलापत्र गराएको थियो ।

फरार रहेका आरोपित अपरिचित शैलीमा ससुरालीमा गएर खुकुरी प्रहार गरी फरार भएकाले थप अनुसन्धान र आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले बताए  ।


नारायण भुसाल