पत्नीलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
शहीदनगर नपा–१ चिरैयाकी २१ वर्षीया निर्मलादेवी यादवलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपित पति २३ वर्षीय मुकेशकुमार गोइत यादवविरूद्ध पीडित पक्षले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएको छ ।
घटनाका आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर चन्द्रभुषण यादवले बताए ।
घरमा कोही नभएको अवस्थामा आरोपितले पत्नी निर्मलालाई वैशाख ५ गते मट्टितेल छर्केर आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए ।
घाइते निर्मलाको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौँ रेफर गरिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि घाइते निर्मलालाई कीर्तिपुर अस्पताल काठमाडौँमा लगी उपचार भइरहेको छ ।
निर्मलाको कुम र छाती भन्दा तलको भाग जलेको छ । उपचारमा संलग्न डा. सुरेन्द्रजङग बस्नेतले निर्मलाको ३५ प्रतिशत बढी शरीरको भाग जलेको बताएका छन् ।
दाइजोको कारण बिहान पतिसँग सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएको पीडित पक्षको आरोप छ ।
पीडित निर्मलाको १० महिनाअघि शहीद नपा–१ स्थित चिरैया गाउँमा मुकेश कुमारसँग विवाह भएको थियो ।
९ लाख रुपियाँ कर्जा लिएर बहिनीको विवाह गरेको निर्मलाका दाई राकेश यादव बताउँछन् । विवहामा ३ लाख रुपियाँ नगद, डेढ तोला सुन र केही जिन्सी दाइजो दिएको उनले बताए ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…