पत्नीको शरीरमा तातो तेल खन्याएको घटनाका आरोपित गिरफ्तार
नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले ०७७ कात्तिक २० गते गिरफ्तार गरेको छ ।
घरमा बसिरहेकी पत्नीलाई कात्तिक १८ गते तेल तताएर शरीरमा खन्याएपछि पुजा सख्त घाइते हुनुभएको छ । तातो तेलले टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।
घाइतेको काठमाडौँस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध प्रहरीले ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेको छ । घटना प्रकृति अनुसार मुद्दामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजायाँ गर्ने डिएसपी तिम्सिनाले बताउनु भयो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–११ बाब्ला निवासी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई फागुन १६ गते गिरफ्तार गरेको छ । फागनु १५ गते बनभोजबाट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…