पत्नीलाई छुरा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
बीरगंज महानगरपालिका–१० घडिअर्वाकी २२ वर्षीया मनु चौधरीलाई छुरा प्रहार गरेको आरोपमा २४ वर्षीय पति रोशन कुमार गुप्तालाई प्रहरीले साउन १४ गते गिरफ्तार गरेको छ ।
छुरा प्रहारबाट घाइते भएकी कान्छी पत्नी मनुको बीरगंजको नारयाणी अस्पतालमा उपचार हुन नसके पछि बीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आरोपित गुप्ताले पत्नी चौधरीलाई घुमाउनका लागि बीरगंज महानगरपालिका–१५ भिषूवा डाडामा लगेका थिए ।
डाडामा रहेको झाडीमा लगेर धारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको आरोप छ । आरोपित गुप्ता भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डिएसपी अनन्त राम शर्माले बताए ।
केसी लामिछाने
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…