पत्नीलाई कुटपीट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन ८ गते

शिवनाथ गाँउपालिका-३ माहाकालीकी ४० वर्षीया नन्दादेवी साउदलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले ४० वर्षीय पति बिरसिंह साउदलाई फागुन ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन १ गते कुटपिट गर्दा उनको गर्भपतन भएको थियो । पीडित महिलाले भारतमा उपचार गरी नेपाल फर्केपछि फागुन ७ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


नरी बडु