कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७३ माघ ३ गते

चौतारा नपा-५ देउरालीकी ३७ वर्षीया धनमाया श्रेष्ठलाई माघ १ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति मोहनप्रसाद श्रेष्ठलाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।

पीडित महिलाको शरीरको विभिन्न भागमा निलडाम छ । उनको उपचार जिल्ला अस्पताल चौतारमा गरिएको प्रहरीले जनायो ।

 


नातिबावु धिताल