पत्नीलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा पति गिरफ्तार

  ०७७ साउन ३२ गते

१७ वर्षीया पत्नीलाई  कुटपिट गरी गर्भ पतन गराएको आरोपमा प्रहरीले  रुन्टिगढी गाउँपालिका –३ मसिनाका २३ वर्षीय सोनु विकलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले साउन २९ गते  घरयासी विवादमा कुटपिट गरेको भन्दै पीडित पक्षले साउन ३० गते इलाका प्रहरी कार्यालय, रुण्टीगढीमा उजुरी दिएका थिए ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको  इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज चापागाईंले बताउनु भयो ।

घाइतेको सामान्य उपचार साउन ३० गते  प्राथमिक स्वास्थ्य केन्द्र, होलेरीमा भयाे ।  थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भइरहेको छ ।


हरिसरा घर्ती