पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

  ०७३ पुस २९ गते

भौनेली-५ की २३ वर्षीया देवकी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति देवन्द्रबहादुर कुँवरलाई लाई पुस २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाको हत्या पुस २४ गते राति हत्या गरी गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेको आरोपमा पीडित महिलाका माइती पक्षले प्रहरीमा पुस २७ गते मौखिक उजुरी दिएका थिए । पीडित पक्षले लिखित उजुरी भने पुस २९ गते दर्ता गरेको छ ।

देवकीको शव २६ गते बिहान झिस्मिसेमै गाँउलेहरूको सहयोगमा दाहसंस्कार गरिएको जानकारी प्राप्त भएकाले घटनाको अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी हेरम्ब शर्माले बताए ।


नरी बडु